प्रचण्डको चितवन क्षेत्र नं. ३ को जिम्मेवारीमा रेणु दाहाल

274

साझाट्युव : १३,भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डरमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल रहेकी हुन् ।

आइतबार भएको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकमा रेणुलाई चितवन क्षेत्र नं. ३ को जिम्मेवारी तोकिएको छ ।

प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद रहेका छन् । आगामी मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ देखि उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

LEAVE A REPLY