साझाट्युव : काठमाडौं, १४ मंसिर २०८१, शुक्रबार
नेकपा माओवादी केन्द्रका उप-माहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेका भन्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइमाथि आपत्ति जनाएका छन्।
गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्ने क्रममा पुनले भ्रमपूर्ण प्रचार नगरि दिन थापालाई चेतावनी समेत दिएका छन् । पुनले हाम्रो प्राथमिकता सरकार होइन मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन कांग्रेस र एमाले गठबन्धनलाई आग्रह पनि गरेका छन् ।
कांग्रेस र एमाले दुवै दलका नेताले एक अर्कासित लामो समया सहकार्य हुनसक्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनले बताए ।
अध्यक्ष प्रचण्डले कहिले अनि को- कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्नकोलागी थापाजीलाई मेरो चुनौती समेत छ’, उनले भने, ‘कांग्रेस–एमाले गठबन्धन लामो समय नजाने देखेपछि दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन्। गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउनको लागि हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ उनले भने ।’
आफूहरू प्रतिनिधिसभाको यो कार्यकालभरि प्रतिपक्षमा रहेर कांग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार अनि कूशासनविरुद्ध जनतालाई सचेत र जागरुकता बनाउन लागिरहने उनले बताए ।
आफुहरुलाई अहिले सरकारतर्फ हेर्नुछैन। भ्रष्टाचार र विकृतिको जगमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने दिन आउँनेछ’, सुशासनको अभियानविरुद्ध भ्रष्टहरू जोगाउने स्वार्थले बनेको सरकार आफैं सकिनेछ उनले भने ।’
हामीहरु प्रतिपक्षमानै बसेर सकरारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशीता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरुद्धमा जनतालाई संगठितरुपमा , जागरुक र आन्दोलित बनाउने समेत पुनले भने ।
हिजो कीर्तिपुरमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने क्रममा गगन थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेका अभिव्यक्ति दिएका थिए।