प्रतिगमनकारी विरुद्धको गठबन्धनलाइ भत्काउन कसैले सक्दैन : अध्यक्ष प्रचण्ड

288

साझाट्युव : चैत १९ ,काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका छन् ।

आज आइतवार महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै बोल्नेक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बाकि काम सक्नेछौं ’भने।

यसैगरी,उनले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको बताउदै सबैलाई अधिकार माओवादीले नै दिएको समेत बताए । अध्यक्ष प्रचण्डले माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले नै गरेको बताए । साथै,उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए ।

त्यस्तै,अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको समेत बताउदै यसैकारण पनि अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताए ।

LEAVE A REPLY