प्रदेशस्तरीय प्रशिक्षणका लागि प्रचण्ड रुपन्देही आउने

318

साझाट्युव : चैत ३, काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देही आउने कार्यक्रम छ। आफ्नो पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी गराएका छन्।

उनि भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ भने त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका छ ।

बुधबार मात्रै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।

LEAVE A REPLY