प्रदेश नं. १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना व्यक्त

426

साझाट्युव : चैत ३,मोरंग।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागु पूर्णिमा (होली)का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गर्दै ‘साँस्कृतिक विविधता युक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ भनेका छन् ।

LEAVE A REPLY