प्रदेश १ मा काङ्ग्रेस प्रमुख सचेतकमा राई नियुक्त

148

साझाट्युव : चैत १०,मोरंग ।
नेपाली काङ्ग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राईलाइ नियुक्त गरिएको छ ।

प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि प्रमुख सचेतक पद खालि रहेको थियो भने बिहीबार काङ्ग्रेस प्रदेश १ संसदीय दलले राईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए अनुसार राईलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको छ ।राई यसअघि संसदीय दलको सचेतक थिए ।

LEAVE A REPLY