
साझट्युब : १ असार, विराटनगर ।
प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० का निम्ति ३९ अर्बको सेरोफेरोमा बजेट ल्याउने भएको हो ।
बिशेष कृषि र साना उद्योग क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो निकट स्रोतले जानकारी दिएका हुन् ।
सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाइ लक्षित गरी प्रचारात्मक बजेट ल्याउन लागेको छ । आर्थिक ममिला मन्त्रालय स्रोतका अनुसार यो पटक प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा समेत बजेट विनियोजनको प्रबल सम्भावना रहेको छ । आङ्बोले गएको कार्यक्रममा कटौती गरेको थियो । त्यस्तै निर्वाचनलाइ लक्षित बजेट भएको कारण पुनः सो शीर्षकमा बजेट विनियोजन गर्न लागिएको स्रोतले बताएको छ ।
यस्तै गरेर पहिला सुरु गरेका वहुवर्षीय योजनाहरुलाई धेरै बजेट विनियोजन हुनेछ । त्यस्तै ‘बहुवर्षीय आयोजनाहरु सकिएका छैनन्, ती क्षेत्रका निम्ति बजेटको ठूलो हिस्सा प्रयोग हुनेछ,’ स्रोतका अनुसार , ‘नयाँ कार्यक्रम पनि बजेटमा समावेश हुनेभएका छन् ।’
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उतरमा मृख्यमन्त्री राजेन्द्र राईले बहुवर्षीय योजनालाई बजेट विनियोजन गर्नुपर्ने अवस्था भएको भनेका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेशमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेटमा प्राथमिकमा राखिएको बताए हुन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो ।