साझाट्युव : काठमाडौं,१७ मंसिर, २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका निम्ति आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दै छन् ।
चीनको प्रधानमन्त्री ली छ्याङले मैत्रीपूर्ण निमन्त्रणा गरेकोमा आजदेखि २० गतेसम्म ओलीले चीनको औपचारिक भ्रमण गर्ने छन् ।
भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम भएको परराष्ट्र मन्त्रालयले बताएका हुन् ।
उनले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेर द्विपक्षीय आपसीहितका विविध विषयमा बातचित आदानप्रदान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीसित चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजी संग पनि भेट हुने कार्यक्रम रहेको छ ।
भ्रमणका दौडान प्रधानमन्त्री ओलीद्वारा पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ।
उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाइ सम्बोधन गर्नेपनि भएको छ।
प्रधानमन्त्री ओलीसित उनकी धर्म पत्नी राधिका शाक्य समेत रहनेछन्।
ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू लगायत सञ्चारकर्मीहरूपनि रहने छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्व प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।