साझाट्युव : चैत ७, मोरङ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज सोमबार मोरङ आउने कार्यक्रम छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि उनि मोरंग आउँ लागेका हुन्। आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउने प्रदेश १ का डीआईजी अरुणकुमार बीसीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् भने त्यहाँको कार्यक्रमपछि उनि पाँचथर र खोटाङ पनि पुग्नेछन् ।
प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको डीआइजी बीसीले बताए ।
आइतबार मात्रै लेटाङमा स्थानीयको आक्रमणबाट एकजना महिला प्रहरी जवानको मृत्यु भएको थियो भने स्थिति नियन्त्रण गर्नलाई सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ ।