साझट्युब : १२ जेठ, जनकपुर ।
जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बिहीबार आयोजना गरिएको पदस्थापन कार्यक्रम नेकपा एमालेदेखि बिजयी जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।
प्रमुख अतिथी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई बनाइएपछि पदस्थापन कार्यक्रमलाइ एमालेका जनप्रतिनिधिद्वार कार्यक्रम नै बहिष्कार गरेका छन् ।
एमालेबाट बिजयी रहेका उपमहानगरपालिकाका ७ वटा वडाका अध्यक्ष र सदस्यहरुले विज्ञप्ति नै जारी गर्दै पदस्थापन कार्यक्रम बहिष्कार गरेका छन् । यसैगरी कुनै दलको एक जना नेतालाई कार्यक्रमको प्रमुख अतिथिमा बोलाएकालेगर्दा आफूहरुले बहिष्कार गरेको उनीहरुले जानकारी दिएका छन् ।
त्यस्तै ‘प्रदेशका मुख्यमन्त्री, या कुनै मन्त्रि यात नेपाल सरकारका बहालवाला प्रधानमन्त्री, मन्त्री वा सरकारका कुनै तह अनुसारको कर्मचारी भएको भएदेखि हामीलाईकुनै आपत्ति हुदैनाथियो विज्ञप्तिमा भनिएको छ, ‘तर परम्भिकाअवस्थामै यस्तो कदम चालेकोले पदस्थापन कार्यक्रममा सहभागी हुन असमर्थ भएका छों ।’
जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदबारी दिएका मनोज साह बिजयी रहेका हुन् । नेपाली कांग्रेसबाट राजिनामा दिएर मेयरमा बिजयी भएका उनि बुधबार नेपाली कांग्रेसले निकालेको विजयी जुलुसमा आफ्नो सहभागीता जनाए । साहले भने आफू कांग्रेसकै मतबाट जितेकाले विजयी जुलुसमा सहभागी भएको फेरि पार्टीमा फर्किन सक्नेपनि जानकारी दिएका छन् ।