प्रसाईंको तरकारी बजार ओलिले आज उद्घाटन गर्दै

338

साझाट्युव : चैत १६ ,भक्तपुर।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज बुधबार उद्घाटन गर्दैछन् । उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गरिने छ।

ओलीले देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको आज बिहान ११ बजे उद्घाटन गर्ने भएका हुन् ।

एमाले पार्टिको केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् ।

यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ भने बजारभित्र साढे सात सय स्टल छन् । प्रसाईंले बताए अनुसार उक्त बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ।

LEAVE A REPLY