प्रहरीद्वारा मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई कुटपिट

334

साझाट्युव :  २९ वैशाख, सुर्खेत । 

प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको छ ।
सो घटना पछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।

बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई राति नै मतदान अधिकृतलगायतको टोली बसेको घरमा लगिएको थियो । प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार प्रहरी नायव निरीक्षक भट्टले मदिरा सेवन गरेको तर कसैलाई कुटपिट नगरेको जनाएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको विष्टले पुष्टि गरेका हुन् ।

LEAVE A REPLY