फर्पिङको जंगलमा मृतक फेला परेका दुई युवायुवतीको पहिचान खुल्यो

252

साझट्युब : २४ जेठ, काठमाडौं ।

काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङको जंगलमा सोमबार मृतक फेला परेका दुई जना युवायुवतीको पहिचान खुलेको छ।

दाङ राप्ती गाउँपालिकाका १९ वर्षीया विमला कुमाल र मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका १९ वर्षीय मनिष ठकुरीको शव फेला परेको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जनाए ।

उनका अनुसार सोमबार बिहान फर्पिङको जंगलमा उनीहरूको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो। शव फेला परेको ठाउँनजिकै विषको बट्टा पनि फेला परेको थियो ।

LEAVE A REPLY