फलफूल पकाउने कार्वाइडमाथि प्रतिबन्ध

157

साझाट्युव : १४ असार, काठमाडौं ।

फलफूल व्यवसायीहरुलाई फलफूल पकाउने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गरि फलफुल पकाउन तथा भण्डारण र उत्पादन गर्न निषेध गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न निषेध गरेको हो । फलफूल व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तराष्ट्रिय प्रचलन अनुसार स्वीकृत रसायनहरुको विधि मात्र प्रयोग गर्नुपर्ने विभागले जानकारी दिएको छ ।

आँप लगायतका फलफूल खरिद गर्दा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्क रहने गरी केमिकल राखिएको पाइएमा खरिद नगर्न समेत खाद्य विभागले अनुरोध गरेको छ ।

LEAVE A REPLY