फुटबलर विमल राना पनि अष्ट्रेलिया पुगे

264

साझाट्युव :  २० साउन, काठमाडौं ।

फुटबल खेलाडी विदेशीने सिलसिला चलिरहेकै बेला अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका हुन् ।

राष्ट्रिय टिममा फरवार्डमा खेलिसकेका विमल राना अष्ट्रेलिया गएका छन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबदेखि ए डिभिजन लिग खेलेका विमल नेपालमा खासै फुटबल खेल नभएपछि विदेशीएका हुन् ।

भखर केही समय पहिला मात्र राष्ट्रिय टिममा रहेका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ लगायत अष्ट्रेलिया गएका छन् ।

त्यस भन्दा अगाडी पनि आशिष लामा र सुमन लामा अष्ट्रेलिया नै पुगिसकेका छन् ।भने फेरि विमल राना पनि थपिएका छन् ।

उनले २०७५ चैतमा भएको कुवेत विरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।

LEAVE A REPLY