साझाट्युव : चैत २५,काठमाडौं।
करिब १२ दिनदेखि काठमाडौंमा फोहोर थुप्रिरहेको छ। पटकपटकको प्रतिबद्धतापश्चात् पनि तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्।
यता काठमाडौंको सडकमा हिडिसक्नु छैन। फोहोरको थुप्रो देख्दा हैजा नै उत्पन्न होला जस्तो छ। त्यसैत यो हाम्रो सहर काठमाडौं विस्वको सवैभन्दा प्रदुषित सहरमा गनिन थालेको छ। सडकको पेटिमा थुप्रिएको फोहोरका कारण हाम्रो सम्पुर्णको स्वास्थ्यमा गम्भीर असर त पर्छ नै भने सहरको गरिमा समेत गुमिरहेको छ।
यसप्रति सम्बन्धित निकायको ध्यान के होला? तर,हामि नागरिकले पनि यसबारे गम्भीर सोचेर फोहोर बाहिर कुन समयमा निकाल्ने?अथवा फोहोरलाई कसरि उचित व्यवस्थापन गर्न सकिन्छ ?भन्नेबारेमा सकारात्मक कार्यको आरम्भ गरे सडक सफा हुनमा केहि सहयोग पो हुन्थ्योकी?नत्र यो काठमाडौं होइन फोहोरमाण्डु सहरको नाम राखे हुन्छ।
आज हामि साझाट्युब डटकम परिवार नयाँ बानेस्वर चोकदेखी पुरानोबानेस्वर चोकसम्मको सडक अवलोकन गर्दा १०९ ठाउँमा फोहोर थुप्रेको गन्नमा आएको पनि जानकारी गराउदछौं। यसबारे गम्भीर भएर सबैले सोचौं भन्ने हाम्रो अनुरोध पनि छ।