बंगलादेशको शरणार्थी शिविरमा भएका दुई रोहिंग्या नेता हत्या

273

साझाट्युव : असोज ३१ ,काठमाडौँ ।

बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ ।

म्यान्मारदेखि विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा भएका ति नेताहरुको एक समूहले हत्या गरेको हो । लगभग १० लाख शरणार्थी रहेका शिविरमा सुरक्षा व्यवस्था फितलो रहेका कारण उक्त हत्याकाण्ड भएको जानकारी दिएको छ । सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद अनवरको हत्या गरेको हो ।

युनुसको घटनास्थलमै मुर्त्यु भएको थियो भने अमवारको अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् । सोही शिविरमा भएका लागूऔषध गिरोहले पछिल्लो समय विभिन्न आतंकवादी गतिविधि गर्दै आईरहेका छन् । पछिल्लाे ३ महिनाभित्र शिविरमा करिब १४ रोहिंग्याहरूकोे हत्या भइसकेको छ ।

गत वर्षको अनुपातमा यस वर्ष शिविरमा हत्याको घटनामा वृद्धि भएको जनाइएको छ । हत्यामा लागूऔषधको गिरोह एआरएसएको संलग्नता भएको आशंका गरिएता पनि सोही समहूले भने घटनाको जिम्मेवारी अस्वीकार गरेको छ । गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिंग्या नेता मोहिब उल्लाहको हत्यालाइ एआरएसए समूहले जिम्मेवारी लिएको थियो ।

 

LEAVE A REPLY