बजेटले आयकरमा छुट,अविवाहीतको ५ लाख माथि वार्षिक आम्दानीमा मात्र आय कर लाग्ने

229

साझट्युब :  १६ जेठ,काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले आयकरमा केही छुट घोषणा गर्दै विवाहीतले ६ लाख माथि र अविवाहीतले ५ लाख माथि वार्षिक आम्दानीमा मात्र आय कर लाग्ने व्यवस्था गरेको छ ।

आयकरको उच्चतम प्रभावकारी दर भने ३६ प्रतिशत नै राखिएको छ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले आयकरको उच्चतम दर ३६ प्रतिशत पु-याएका थिए ।

आगामी बजेटले बीमा प्रिमियम बापतको ४० हजार रुपैयाँसम्म कट्टा गर्न पाउनेगरी आयकरमा सहुलियत प्रदान गरेको छ ।

यसैगरी बजेटले विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म ४०% आयकर छुट घोषणा गरेको छ । उद्यम अन्तर्गत वार्षिक ३० लाख सम्म आय हुने उद्यमीलाई आयकरमा ७५% छुट दिइएको छ भने वार्षिक ३० लाख देखि १ करोड रुपैयाँसम्म आय हुने उद्यमीले ५०% आयकर तिर्नु पर्ने रहेको छ ।

त्यस्तै, कृषि औजार कारखानाले स्थापनाको ५ वर्षसम्म शत प्रतिशत आयकर छुट पाउनेछन् ।

LEAVE A REPLY