साझट्युब : ३० जेठ,काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारितभए पछि संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिएका छन् ।
आज प्रधानमन्त्री देउवाले (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा यसरि आश्वासन दिएका हुन् । जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता पाउनुपर्ने लगायतका मागराखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण समेत गराएका छन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भन्ने प्रश्नमा प्रधानमन्त्रीले बजेट लगत्तै विधेक संसददेखि पारित गर्ने बचन पनि दिएको लोसपाका नेता राजेन्द्र महतोले बताएका छन् ।
दलहरुबीचमा समझदारी नहुँदा नागरिकतासम्बन्धी विधेयक २०७५ भदौबाट संसदमा रोकिएको छ। त्यसैगरी लोसपा नेताहरुले आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्तासम्बन्धमा समेत छलफल गरेको थियो ।