बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु २ जना घाइते

304

साझाट्युव : असोज  २,कैलाली ।

बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भने २ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४:१५ बजेतिर मस्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो । जीप बझाङ सदरमुकामदेखि सुर्माको मेला भर्न जाँदै गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले जानकारी दिए अनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY