बलात्कारको आरोप लागेपछि सन्दीपले क्यान गुहारे

204

भदौ २३, काठमाडौं।

आफ़ुलाइ जबर्जस्ति करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका उनले क्यानसँगको कुराकानीमा आफुले कानुनी लडाइँ लड्ने बताएका हुन् ।यससन्दर्भमा क्यान सचिव प्रशान्त विक्रम मल्लले ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ’ भने ।

सन्दीपलाइ एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन् ।

उनलाई यसरि आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेको र क्यानका पदाधिकारीबीच छलफल समेत भएको छ।

क्यान सचिव मल्लका अनुसार प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने छ।
सन्दीप सीपीएल खेलेर मात्र फर्कने भएका छन् ।

LEAVE A REPLY