बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु

311

साझाट्युव : चैत २१ ,काठमाडौं। भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।प्रहरीले जनाए अनुसार ना ४ ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको हो ।

बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकले जानकारी दिए ।

यस्तै, मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । हाल प्रहरीले चालकको खोजी गरिरहेको छ ।

LEAVE A REPLY