
साझट्युब : १४ जेठ, मकवानपुर ।
बागमती प्रदेशसभामा सांसदहरुले बैठक छाडेर बाहिरनिस्केपाछि सदन रित्तिँदै गएको हो । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त अनि प्राथमिकतामाथि छलफल भईरहेको समयामा सांसद्हरु निस्किएका छन् ।
विहान साढे ११ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकबाट साढे ३ बजेसम्म आइपुग्दा लगभग आधाभन्दा बढी सांसद्हरु बाहिरिसकेका छन् । सदन छोड्नेहरुमा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद्हरु रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बेन्च लगभग खाली भएको छ । सो बेन्चमा रहेका प्रतिपक्षी दलमध्ये विवेकशील साझा पार्टीका रमेश पौड्यालमात्रै देखिएका छन् ।
एमालेका सांसद्हरु बहिरिएपछि सांसद्हरुको संख्या शून्य अवस्थामा भएको छ ।त्यस्तै विवेकशीलका तीन जना सांसद् प्रतिपक्षीको बेन्चमा देखिएका हुन् । यासैसिलसिलामा बागमती प्रदेश सभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको निम्ति स्थगित रहेको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफललाइ बसेको बैठकमा उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको निम्ति स्थगित गरेकी छन् । बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको प्रि बजेटमाथि आफ्नो धारणा राखिसकेका छन् । ३० मिनेट पछि बैठक पुनः सुचारु भएको छ ।