बारामा चार हजार ५३८ जना उम्मेदवार

171

साझाट्युव : वैशाख २२,बारा

बारामा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ ।

प्रमुख/अध्यक्ष पदमा १९७, उपप्रमुख/उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् । निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY