बालबालिकाको मानसिक स्वास्थ्यमा टिकटकको असर

155

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी असर पर्न थालेपछि यसबारे छानबिन गर्न अमेरिकाको सात राज्यमा (क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका ) महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्।

अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिएका थिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए।

LEAVE A REPLY