बिरा कम्प्लेक्सले भूमिगत भागको पसल हटाउने

265

भदौ १३, काठमाडौं ।

काठमाडौं महानगरपालिका र बिरा कम्प्लेक्सबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने भनेर सहमति भएको छ ।

उक्त कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन महानगरको टोली गएको समयमा कम्प्लेक्स सञ्चालकसंग छलफल हुँदा बेसमेन्टमा अब गोदाम मात्रै चलाउने सहमति भएको हो ।

महानगरपालिकाले जनाए अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । तर, त्यहाँ अस्तव्यस्त तवरले पसल चलाएपछि हटाउन महानगरको टोली पुगेको थियो ।

यस सन्दर्भमा वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले जानकारी दिए अनुसार नक्साअनुसारकै प्रयोग गर्ने र आजैबाट संरचना हटाउने सहमति भएको छ।

LEAVE A REPLY