बुद्दिमान परियारको एउटा कविता ‘प्राण भन्दा प्यारो एमाले’

561

साझाट्युव : चैत २, काठमाडौं ।

साहित्य अनि राजनीतिमा सकृय व्यक्ति हुन् बुद्दिमान परियार। उनलाइ विश्लेषकको रुपमा पनि चिनिन्छ।

बिभिन्न विषयमा कलम चलाउदै आएतापनि परियारले लेखेको युगपुरुष मदन भण्डारीको जीवनीको गीत रेकर्डिङ्ग देखि नै चर्चामा आएको छ। सो गीतलाई शिशिर योगी र कोमल वोलीले स्वर दिएका छन् भने गीतको चाडै म्युजिक भिडियो समेत सार्वजनिक गर्ने उनले बताएका छन् ।
ताप्लेजुङ्गका बुद्दिमान आफ्नो ठाउँमा ज्यादै लोकप्रिय समाजसेवी र युवा राजनीतिकर्मी भनेर पनि परिचित छन्।

आज फेरी उनै बुद्दिमान परियारले लेखेको आफ्नो राजनैतिक पार्टि नेकपा एमालेसंग सम्बन्धित कविता हामीले साझाट्युब डटकममा राखेका छौं ।

‘प्राण भन्दा प्यारो एमाले’
कविः बुद्दिमान परियार

हाम्रो पार्टी एमाले प्राणभन्दा प्योरो छ
नशानशा एमाले मुटुभन्दा प्योरो छ
बुढापाका साराले राम्रोभन्छन् एमाले
वृद्दभत्ता दिलाए मनमोहन वाले।

विकासको मुहान एमालेले फुटायो
भुकम्पले ढलेको धरहरा ठडायो
रेलमार्ग सडक एमालेको सपना
जलस्रोत सिचाइ पुरागर्ने योजना।

जनजन मनमा एमाले नै खोजिन्छ
चुनावको बेलामा सूर्यचिन्ह रोजिन्छ
गाउँवेशी शहर एमालेको लहर
ठूलोदल बनाउने जनताको रहर ।

घेरावन्दी हालेर पाँचदल बढ्दैछ
अपवित्र बन्धन एमालेले तोड्दैछ
सतिसाल हो एमाले कमजोर नसोच
जनताको पार्टी हो ख्यालठठ्ठा नसोच।

LEAVE A REPLY