बैतडीमा बलात्कार अभियोगमा जनप्रतिनिधि लगायत दुई जना पक्राउ

283

साझाट्युव : १५ असार,  बैतडी ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा एक महिलालाई बलात्कार गरेको अभियोगमा जनप्रतिनिधि संगै थप दुई जना पक्राउ परेका हुन् ।

एक महिलामाथि बलात्कार गरेको अभियोगमा वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही गाउ बस्ने केशव सिंहलाइ प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाअध्यक्षसहित थप दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।

पीडितका जाहेरीका आधारमा उनीहरुले जबरजस्ती पिडितलाइ करणी गरेको अभियोग लागेको हुनाले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिएअका छन् । अध्यक्ष नेगी गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेदेखि बिजयी भएका थिए ।

LEAVE A REPLY