बोल्न नसक्ने एक बालिका बलात्कार गरेको अभियोगमा १५ वर्ष कैद सजाय

236

साझाट्युव : वैशाख २३ , काठमाडौं ।

आज १२ वर्षीया बोल्न नसक्ने एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनलाई कैद सजायका साथै पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जनाए ।

२०७७ जेठ १ गते आरोपितले गाईवस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो ।

LEAVE A REPLY