साझट्युब : ३ जेठ, चितवन।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्रता लिएकी छन् ।
नेकपा एमालेका विजय सुवेदी पछि पार्दै २२६ मतले अघि छन्।
१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।