भारतबाट आएन पर्याप्त बिजुली नेपालमा फेरि लोडसेडिङ सुरु

154

साझाट्युव : बैशाख १४, काठमाडौँ । 

नेपालले भारतबाट पर्याप्त बिजुली किन्न नपाउदा लोडसेडिङ सुरु भएको छ । भारतले नेपाललाइ दैनिक ३०० मेगावाट बिजुली दिदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।

 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए ।
उनका अनुसार बिजुली बेच्ने ‘एक्सचेन्ज’ बजारमा दैनिक ४५ हजार मेगावाटसम्म बिजुलीको माग छ । तर, आपूर्ति भने १० हजार मेगावाटको मात्रै छ ।

 

हाल नेपालको उत्पादन ९०० मेगावाट छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । रुस-युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ हो ।

 

भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छैन ।

यता अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।

 

‘डे अहेड’मार्केटमा भारतको विद्युत् नियमन आयोगले प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने गरी मूल्य तोकेको थियो । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि अधिकतम् मूल्यमा बिजुली  किन्दै आएको छ ।

 

भारतमा बिजुलीको अभाव रहिरह्यो भने हामीले केही महिनापछि नै भारु १२ रुपैयाँमा नै खपत भएर बढी हुने बिजुली बेच्न पाउँछौं, घिसिङले भने,’यो संकट नेपालका लागि अवसर पनि हुनसक्छ ।’

 

 

 

 

 

 

 

 

LEAVE A REPLY