भारतीय क्लब रेल्वे एफसीद्वरा डिफेन्डर कुलदीप अनुबन्धित

237

साझाट्युव : १४ साउन, काठमाडौं ।

डिफेन्डर कुलदीप कार्की भारतीय क्लब रेल्वे एफसीद्वारा अनुबन्धित गरेका छन्।

‘ए’ डिभिजन क्लब जावालाखेलदेखि खेल्दै आएका कुलदीपलाई एक सिजनको निम्ति अनुबन्धित भएको रेल्वेले सामाजिक सञ्जालद्वारा जानकारी दिएको छ । उनलाई तर, कति रकममा अनुबन्धित गरिएको हो त्यो चाही खुलाइएको छैन।

उनले गत सिजनमा ‘ए’ डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए। कुलदीपले एफसी चितवनदेखि पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) पनि खेलिसकेका छन् ।

यो भन्दा अगाडी ‘ए’ डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मीलाई कोलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबद्वारा अनुबन्धित गरेको थियो।

LEAVE A REPLY