भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउदै

276

साझट्युब :२ जेठ, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमाको लागि आउदै छन् ।

मोदीको भ्रमणको निम्ति लुम्बिनी क्षेत्र र मायादेवी मन्दिरलाइ सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । मोदी एक दिने भ्रमणका निम्ति आज बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमाको लागि आउदै छन् ।

मोदीको स्वागतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् । मोदीको भ्रमण र बुद्ध जयन्तीलाई लक्षित गर्दै लुम्बिनीमा भीआइपीहरू आउने क्रम सुरु भएको छ । लुम्बिनी विकाश कोषले अतिथि व्यवस्थापनका निम्ति आवास, यातायात, प्रचार–प्रसार, सुरक्षा, पूजापाठ र शान्ती र्याली समिति बनाएर काममा लागिरहेको छ । बुद्धस्थलको प्रवद्धन गर्नलाइ कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदहलाइ समेत समेटेर एउटा समन्वय समिति निर्माण गरेको छ ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एम.आई १७ हेलिकोप्टरले हालै निर्माण भएको दुई हेलिप्याडमा परीक्षण उडान गरेका हुन् । त्यसअघि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्थाबारेमा जाँचबुझ गर्दै प्राविधिक जानकारी पनि लिएका थिए । मोति आजै लुम्बीनीको भ्रमण सकेर स्वदेश फर्कने छन् ।

 

LEAVE A REPLY