भोलि कर्मचारीद्वारा आन्दोलन देशभरिका नासु बिदामा बस्ने

232

साझाट्युव : २३ साउन,काठमाडौं । 

बजेट घोषणा विपरीत असमान तरिकाले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारीहरुद्वारा आन्दोलित गरेका छन् । आन्दोलनको कार्यक्रम बमोजिम नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् । देशभरीका नासु कर्मचारीहरुद्वारा बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

‘ सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई समेत मागको सम्बन्धमा एसएमएस गर्ने निर्णय भएको छ’भोलि आन्दोलनका थप कार्यक्रम हुनेछ उनले बताए ।’

असमान तलब वृद्धि र निजामती सेवा ऐनको सम्बन्धमा नासु कर्मचारी आन्दोलित गर्दै आएका हुन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम हुनुपर्ने माग राखेका छन् ।

LEAVE A REPLY