साझाट्युव : चैत १, काठमाडौं ।
सरकारले मंगलबार राति १२ बजेदेखि अन्त्य हुने गरि संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि नै अधिवेशन अन्त्य हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।