साझाट्युव : २७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुद्वार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मौन अवधि सुरु हुनु अघिनै गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै संयुक्त अपिल जारी गरेका हुन् ।
मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता पनि जाहेर गरेको छ ।
लोकतन्त्रको रक्षा स्थानीय निर्वाचनले गर्दछ ’ अपिलमा भनिएको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकले विकास, समृद्धि अनि लोकतन्त्रको जगेर्ना गर्न सम्भव छ । तसर्थ गठबन्धनको पक्षमा मतदानगर्नका निम्ति यहाँहरुले समजदारिता भएर प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस घडीमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’
गठबन्धन दलका अध्यक्षहरुद्वारजारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भन्दै गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।
‘गठबन्धनमा रहेका दलहरुबीचअधिक प्रयत्नका बावजुद कतिपय पालिकामा तालमेलको ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ ‘मतदानको निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकामा विभिन्न पदका पार्टीका आफ्ना उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहलाइ आह्वान गर्दछौं ।’
हेर्नुहोस् अपिल