मंसिरको चुनाव जनताले बुझेर सदुपयोग गर्नेछन् : एमाले युवा नेता प्रसाईं

142

साझाट्युव :  साउन १९,काठमाडौ ।

नेकपा एमालेका युवानेता ओमकृष्ण प्रसाइले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागतयोग्य भएको बताएका छन् ।
उनले आफ्नो आधिकारिक सामाजिक सन्जाल फेशबुक पेज मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । प्रसाईंले नेकपा एमालेको माग समयमा नै चुनाव हुनु पर्ने रहेको र सोहि बमोजिम सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भएको लेखेका छन् ।

आगामि निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका नेता प्रसाइले संसदीय तथा प्रदेश निर्वाचनको घोषणालाई राजनितिक अस्थिरताको अन्त्य र मुलुकको समस्या समाधानको ढोका खोल्ने साधनकोरुपमा आम नेपाली जनताले बुझेर सदुपयोग गर्नु पर्छ, समेत लेखेका छन् ।
यसैगरी, यो चुनाव वैशाख ३० मा भएको स्थानिय चुनाव जस्तो लापरबाही अनि राज्यसत्ताको दुरुपयोग नहोस् ।साथै,धाधलिरहित होस् समेत साझा ट्युब संगको छोटो कुराकानिमा उनले बताए।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामि मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको छ ।
गत असार २२ गते निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न र मंसिर २ गते गर्न सरकारलाई सुझाव दिएको थियो ।

 

LEAVE A REPLY