मखमली आवाजका धनि बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय संगै सधैंलाई छोडिन् नेपाल

415

साझट्युब :  १७ जेठ काठमाडौं ।

चर्चित लोकदोहोरी गायिका मखमली आवाजका धनि बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेकी छन् । लमजुङको दुराडाँडामा जन्मिएकी दुरा केही दिनअघि मात्रै उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी हुन् ।

माझीदाइ पोखरा, हङकङ आईडीले, खैरेनीमा गेट, छुट्यो मायाजाल,जम्मु कश्मीरमा, वनको काफल वनकै चरीलाई, पानसमा बत्ती बालेको, दमौलीमा गेट , यो दाजुको मिर्मिरे आँखा, आदि उनका चर्चित गीत हुन् ।

उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् । उनी निकट स्रोतका अनुसार दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका उडेका हुन् ।

अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् । उक्त भिडियोमा उनी भावुक सुनिएकी छन् ।

भिडियोमा दुराले भनेकी छन्, ‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् । म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’

केही समयअघि उनी घर बिक्रीमा ठगिएको समाचार बाहिरिएको थियो । गोंगबुमा आफूले निर्माण गरेको पाँचतले घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगिएको उल्लेख छ ।

पछिल्ला अन्तर्वार्तामा दुरा निकै भक्कानिएको देखिन्छ । एक महिनाअघिको एक अन्तर्वार्तामा उनले आफू एक वर्षदेखि राम्रोसँग नसुतेको बताएकी छन् । केही दिनअघि फेसबुकमा समेत स्टाटस लेख्दै उनले म ठगिए पनि नेपाली जनता नठगिउन् भनेर उल्लेख गरेकी थिइन् ।

LEAVE A REPLY