मङ्गलबार बिहानै युक्रेनको राजधानी कीभको केन्द्रमा शक्तिशाली विस्फोट

334

साझाट्युव : चैत १,एजेन्सी।

मङ्गलबार बिहानै युक्रेनको राजधानी कीभको केन्द्रमा कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने स्पष्ट हुन भने सकेको छैन।

एक एएफपी पत्रकारले जनाए अनुसार टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न भने नसकेको पनि जनाएका छन् ।

त्यस्तै,रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार जानकारी दिए अनुसार रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको छ।

मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा ‘हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ उल्लेख गरेका छन्। उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको पनि बताएका छन् ।

LEAVE A REPLY