साझाट्युव :२१ असार, जनकपुरधाम ।
मधेश सरकारको प्रशासनिक भवनका लागि जग्गा छान्नालाई गठित समितिले जनकपुर चुरोट कारखाना लिमिटेड जचुकाली प्राङ्गणलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई मधेश सरकारको प्रशासनिक भवन बनाउनका लागि जचुकाली प्राङ्गणमै उपयुक्त हुने प्रतिवेदन बुझाइएको छ ।
प्रशासनिक भवन लगायत अन्य भौतिक संरचना निर्माणका निम्ति सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । समितिले सरोकार वालसंग छलफल मार्फत तयार गरेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको समिति संयोजक मन्त्री यादवले जनाल्कारी दिए ।
उनले भने राजधानीको मूल संरचनाको निम्ति जचुकाली परिसरलाई नै मुख्य प्राथमिकता दिनु राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार गरिएको छ ।