मनाङमा मतगणना सकिए संगै काँग्रेस–एमाले बराबर भएका छन्

250

साझट्युब : ३१, वैशाख, गोरखा ।

मनाङमा मतगणना सकिए संगै काँग्रेस–एमाले बराबर भएका छन्।

मनाङ जिल्लामा चार पालिका रहेका छन् जसको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो ।

यो जिल्लामा चामे गाउँपालिका प्रमुखमा एमालेबाट लोकेन्द्र घलेले ३२० मत ल्याएर अध्यक्ष भएका हुन् भने मनाङ डिस्याङ गाउँपालिका प्रमुखमा कान्छा घलेले ८६१ मत ल्याएर अध्यक्ष भएका हुन् ।

येस्तै नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।

यसैगरी नार्पा र नाँसो गाउँपालिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।​

यस्तै नार्पामा कोन्जोले १५८ तथा नाँसोमा धनबहादुर निर्विरोध निर्वाचित भएका हुन् ।

LEAVE A REPLY