मन्त्रीहरू फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नहुने

188

साझट्युब : २३ जेठ , काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा बजेटपछि मात्रै यसबारे थप छलफल हुने सहमति बनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ।

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ।

LEAVE A REPLY