मल बजारमा अभाव हुनुमा बिशेष ठेकदार दोषी : मन्त्री यादव

206

साझाट्युव : १५ असार, काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल बजारमा अभाव हुनुमा बिशेष ठेकदार दोषी भएको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्नैपर्ने भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा बुधबार ललितपुर आवास्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र फार्ममा भएको कार्यक्रममा बोल्दै उनले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु साथै ठेक्का पाउने ठेकदारले वास्ता नगर्नुका कारण मल ल्याउन नसकिएको बताए ।

लागेको ठेक्कादेखि मल नआएको भन्दै लामो समयको अन्तरालमा भारतले मंगलबार १५ हजार मेट्रिक टन यूरिया मल दिने भएको बताए । यसैगरी कृषकलाई डिएपी भने पुग्ने र आउने क्रममा जारि भएको उनले बताए ।

पेट्रोलियम पदार्थको आयात भएजस्तै मल आयातको पनि व्यवस्था मिलाउन उनले सुझाव दिएका हुन् ।

मन्त्री यादवले मेसिन चलाएर धान रोप्दै कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्नेमा जोड दिनुपर्छ भने ।

LEAVE A REPLY