महानगरले अनधिकृत संरचनालाइ हटाउने अभियान सकारात्मक भएको : उपमेयर डंगोल

236

साझाट्युव : १२ भदौ, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलद्वारा काठमाडौं महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण भएको अनधिकृत संरचना हटाउने अभियानलाइ सकारात्मक भएको उनले भनेकी छिन् ।

डंगोलले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको भनेकी छिन् ।

‘सरकारी सार्वजनिक जग्गालाइ अतिक्रमण गरेर निर्माण गरेका अनधिकृत संरचना निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला तथा बेसमेन्टमा पार्किङ्गको प्रयोजन देखाएर अन्य व्यापारिक प्रयोजनको लागि गरिएको संरचना हटाउने कार्यलाई केही दिनयता काठमाडौँ महानगरपालिकाले निरन्तरतासाथ अगाडी आएको विदितै रहेको छ,’ त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन भएको स्मरण गराउन चाहन्छु उनले भनेकी छिन ।’

त्यस्तैगरेर उनले काठमाडौं महानगरमा साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने एजेण्डाप्रति सजग र सचेत रहेको पनि उनले बताएकी छिन् ।

उनले भने केही दिनबाट मुख्य गरेर केही अनललाइनहरुले महानगरपालिकाको पछिल्लो अभियानसित मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण गराएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौंथो अंगका रुपमा मानिन्छ। पत्रकारिता क्षेत्रमा रहेर निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन,’ यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’

LEAVE A REPLY