महानिरीक्षक आइजिपी नियुक्ति विरूद्ध पोखरेलले दिएको रिट सर्वोच्चद्वारा खारेज

142

साझाट्युव : ३१ असार, काठमाडौं ।

एआइजी विश्वराज पोखरेलले सरकारको निर्णयविरूद्ध धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक आइजिपी बनाउने निर्णय खारेज गर्न माग राख्दै रिट दिएका थिए। तर सर्वोच्चले उनको रिट खारेज गरेको छ।

उनले दिएको रिट न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले खारेज गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बरियता क्रममा तेस्रो नम्बरमा भएका एआइजी सिंहलाई आइजिपी बनाउने निर्णय गरेको थियो।
पोखरेल २०७७ मंसिर २५ गते एआइजीमा बढुवा भएका हुन् भने सिंह २०७८ चैत ७ गते एआइजी भएका हुन् ।

सरकारद्वार वरीयताक्रम अनुसार पहिलो नम्बरमा भएका विश्वराज पोखरेल र दोस्रो नम्बरमा भएका सहकुल थापालाई पाखा लगाएर तेस्रो नम्बरमा भएका सिंहलाई आइजिपी बनाएको थियो।

आफू भन्दा कनिष्ठलाई आइजीपि बनाउने सरकारको निर्णय कानुन विपरित रहेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दिएको थियो ।

 

LEAVE A REPLY