साझाट्युव :चैत ११,दोलखा।
नेपाल खेलकुद महासंघका अध्यक्ष तथा १ न प्रदेश खेलकुद बिकाश बोर्डका कार्यकारी सदस्य सचीव कृष्ण ( पर्शुराम) बस्नेतलाइ सम्मान गरिएको छ ।
दोलखामा नेपाल वादोरियो कराते संघको आयोजनामा आजदेखि शुरु भएको दुइ दिने “बिशेष प्रशिक्षण तथा राष्ट्रिय रेफ्री सेमिनार” कार्यक्रममा मा बस्नेतलाइ सम्मान गरिएको हो।
आजको उद्घाटन कार्यक्रममा भिमेस्वर नगरपालिकाका मेयर भरत के सि, गोजुरियो कराते संघका प्रमुख प्रशिक्षक ओम कृष्ण प्रसाईं लगायतको बाक्लो उपस्थिति रहेको थियो।
उक्त सेमिनार कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण के सि तथा मेयर भरत के सि को हातबाट संयुक्त रुपमा खेल क्षेत्रमा पुर्याएको उच्च मुल्यांकन गर्दै बस्नेतलाइ सम्मान गरिएको हो।
यसरि सम्मानित भएपछी उनले ‘नेपालमा धार्मिक पर्यटनको रुपमा मात्र चर्चित नभएर दोलखा जिल्ला अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी जन्माउने जिल्ला पनि भनेर चिनिन्छ। यस जिल्लाबाट पहिलो पदक ल्याउने खेलाडी जित बहादुर केसी, पेम्बा तामाङ ,हरीसरण के शी ,मानबहादुर तामाङ जन्मेको छ र यसै जिल्लामा समानित हुन पाउँदा आफुलाइ भग्यमानी ठानेको छु।यो सम्मानका लागि आयोजकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, यससन्दर्भमा गुरुहरु हरीसरण के शि र ओम कृष्ण प्रसाइलाइ हार्दिक आभार ब्याक्त गर्दछु’ भने।
सो सेमिनार कार्यक्रमका अन्य वक्ताहरुले सम्मानित कृष्ण (पर्शुराम) बस्नेतको व्यक्तित्वको चर्चा तथा परिचर्चा गरेका थिए ।