माओवादीद्वारा अर्थमन्त्री बिषयामा संसदीय छानविन समिति बनाउन तयार

151

साझाट्युव : २२ असार, काठमाडौं ।

ने कपा माओवादी केन्द्र बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको बिषयामा छानविन गर्नका निम्ति संसदीय समिति बनाउनलाइ तयार भएको छ ।

आजको भएको संसद बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखिसकेपछि माओवादी केन्द्रले छानविन समिति गठन गर्न तयार रहेको छ ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेद्वारा अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आईरहेकाले छानविन समिति गठनका निम्ति माओवादी नेताहरुले एमालेसँग छलफल गर्नको लागि चाहेका हुन् । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसित छलफल गरेर अगाडि बढ्ने निर्णय भएको हो । प्रमुख प्रतिपक्षी दल एमालेस्वारा अर्थमन्त्रीलाई सुन्न तयार देखिएको छैन ।

नेकपा एमालेले संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अनधिकृत व्यक्ति संलग्न भई करका दर हेरफेर गरिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आइरहेको छ । सोहि दिनको सीसीटीभी फुटेज समेत मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना गर्दै आएको छ ।

LEAVE A REPLY