माओवादीभित्र ठूला नेताहरु अन्तर्घातमा मुछिनु छानबिनको माग

160

साझाट्युव : २८ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिको बैठकअहिले सकिएको भएता पनि पदाधिकारी चयन हुन नसक्नुको कारण पार्टीकै ठूला नेताहरु अन्तर्घातमा मुछिनु नेकपा माओवादी केन्द्रका नेताहरुले जानकारी दिएका छन् ।

गत शनिबार स्थायी समितिको पहिलो बैकठ बसेकोमा पदाधिकारी र स्थायी समितिका अरु सदस्यको नियुक्ति अन्तर्घातको छानबिन सकिएपछि गर्ने गरी छलफल भएको थियो । पदाधिकारी र स्थायी समितिलाई पनि पूर्णता दिनलाइ ढिला गरी छानबिनगर्नलाई पर्खने निर्णयमा माओवादीको नेतृत्व पुग्नुले अन्तर्घातमा आफ्ना उच्च तहका नेताहरुनै संलग्नता रहेको स्वीकार गरेको संकेत मिल्छ ।

खासगरेर मधेश प्रदेश अनि बर्दियामा उच्च तहका नेताहरु नै अन्तर्घातमा उत्रिएको माओवादी नेताहरू भन्ने गर्छन् । मधेश प्रदेशमा मात्रिका यादवका समूह अनि गिरिराजमणि पोखरेलका समूहले एक आपसमा अन्तर्घात गरेको आरोप लगाउने गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा माओवादी केन्द्रबाट लज्जास्पद पराजय भएको थियो । २०७४ मा २२ पालिका प्रमुख बिजयी भएको माओवादी गत निर्वाचनमा भने ९ मा सिमित रहे । केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रको मधेश प्रदेश इन्चार्ज गणेश शाहले चुनावमा व्यापक अन्तर्घातकै कारण हार व्यहोर्नु परेको भन्दै उच्चस्तरीय छानबिन समितिको माग समेत राखेका थिए । त्यही बैठकमा मात्रिका यादवले पनि आफ्नो व्यंज्ञात्मक भनाइलाइ राख्दै आफूलाई पनि अन्तरघात लागेको र अन्तरघाती बैठकमा सहभागी भएको भन्दै छानबिन गर्न समेत माग गरेको थियो ।

LEAVE A REPLY