माओवादी केन्द्र गण्डकी प्रदेशमा पदाधिकारीहरु चयन

150

साझाट्युव : चैत १०,गण्डकी।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा पदाधिकारी चयन गरेको छ ।

गण्डकी प्रदेशको बुधबार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् भने सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक भएका छन् । यस्तै, कोषाध्यक्षमा तारा भुषाललाइ चयन गरिएको छ।

गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भैसकेकी छिन। गत मंसिरमा मात्रै सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन रोकिएको थियो ।

LEAVE A REPLY