माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक

168

साझाट्युव : वैशाख २०, काठमाडौं । 

शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।

आयोगले गत चैत १५ गतेका दिन लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबारनै सार्वजनिक गरेको छ । उक्त पदका लागि कुल १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका निम्ति सामान्य विषयको परीक्षा सञ्चालन भएको थियो ।

आयोगले सार्वजनिक गरेको नतिजा बमोजिम ३२ हजार ९७ जना सहभागी भएका मध्ये ३ हजार ८८६ जना परीक्षार्थाीले उत्तीर्ण गरेका छन् । परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहेको उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने आयोगले बताएको छ ।

आयोगका बमोजिम २६ वैशाख कार्यालय समयभित्र ५०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र न्यूनतम शैक्षिक योग्यता साथै तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेवसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही बमोजिम भरेर शिक्षक सेवा आयोग सानोठिमी अथवा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सक्नेछन् ।

आयोगले सम्बन्धित शिक्षा विकास वा समन्वय एकाइले आयोगको सूचनालाईनै आधार मानेर निवेदन लिइ दिनसमेत आग्रह गरेको छ । यस्तै म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरुको समष्टिगत विवरणसमेत तयार गरी निवेदनसहित आयोगमा पठाउने व्यवस्थाका निम्ति आयोगले एकाइलाईनि सूचित गरेको छ ।

LEAVE A REPLY